काठमाडौं । बलिउड सिनेमासँग जोडिएका कलाकारहरूले फिल्ममा सकारात्मक र नकारात्मक सबै किसिमको भूमिका निर्वाह गर्ने गरेका छन् । तर हरेक कलाकारको पहिचान उनीहरूले वास्तविक जीवनमा मानिसहरूसँग गर्ने व्यवहारले बनाउँछ।
बलिउडदेखि साउथसम्मका कैयौं फिल्ममा खलनायक बनेका अभिनेता सोनू सूद फ्यानहरु माझ साँचो हिरो हुन् ।
आज सोनू सुदले आफ्नो ४९ औं जन्मदिन मनाउँदै छन् । ३० जुलाई १९७३ मा सोनू सूद पञ्जाबको मोगामा जन्मेका हुन् । इन्जिनियरिङ छाडेर अभिनय क्षेत्रमा पाइला टेकेका उनले आफ्नो नाम कमाउन धेरै दुखगर्नु परेको थियो ।
सोनू सूदले आफ्नो प्रारम्भिक अध्ययन मोगामा गरे, त्यसपछि उनी थप अध्ययनका लागि नागपुर आए । उनले नागपुरबाट इलेक्ट्रोनिक्समा इन्जिनियरिङ गरे। तर यहाँ मन नलागेपछि पढाइ छोडेर उनी मोडलिङको दुनियाँमा लागे । सोनू सूदको व्यक्तित्व सुरुदेखि नै उत्कृष्ट थियो, जसका कारण उनले मोडलिङको क्षेत्रमा पनि काम गर्न थाले । मुम्बई आउँदा उनको खल्तीमा ५ हजार मात्रै थियो । तर, उनले साउथ इन्डस्ट्रीमा डेब्यु गरे ।
सोनु सूद फिल्मी दुनियाँमा नायक बन्न आए तर समयसँगै उनले खलनायकको पहिचान बनाए । सन् १९९९ मा रिलिज भएको उनको पहिलो फिल्म ‘कल्लाजगर’ थियो र उनले सन् २००२ मा रिलिज भएको फिल्म ‘शहीद(ए(आजम’ बाट बलिउडमा डेब्यू गरेका थिए । यस फिल्ममा उनले भगत सिंहको भूमिका निर्वाह गरेका थिए । तर, तेलुगु फिल्म ‘अनरुधति’ सोनु सूदको करियरको टर्निङ प्वाइन्ट बन्यो। यो चलचित्रले अभिनेतालाई चलचित्र जगतमा वास्तविक पहिचान दिएको छ । ‘दबंग’, ‘सिम्बा’ जस्ता फिल्ममा खलनायकको भूमिकामा सोनुलाई निकै रुचाइएको थियो ।
सोनु सूद फिल्ममा खलनायक बन्छन् तर वास्तविक जीवनमा भने उनी नायक बनेका छन् । कोरोना भाइरस जस्तो महामारीमा गरिब जनतालाई सहयोग गर्न कलाकारहरु नाममा उनको नाम अगाडी रहेको छ । लकडाउनमा हजारौं मानिस सहरबाट पैदलै गाउँ जान बाध्य हुँदा सोनु सूदले प्रवासी मजदुरहरूलाई बस-ट्रेनको सुविधा दिएर घर पुर्याए। यति मात्र होइन, उनले गरिब जनतालाई व्यवसायदेखि उपचारसम्मको व्यवस्था पनि गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया