कञ्चनपुर–विपन्न विद्यार्थीले सहज तरिकाले शिक्षा आर्जन गरून् भन्ने उद्धेश्यका साथ सङ्कलन गरिएको रकम आज एक कार्यक्रमकाबीच प्रदान गरिएको छ ।
दलित विद्यार्थी साझा मञ्चले कैलालीको लम्कीमा निर्माणाधिन मुक्त कमैया बाल अध्ययन गृहलाई ३६ हजार पाँच सय रुपियाँ आर्थिक सहयोग गरेको मञ्चका संयोजक शृजना चुनाराले बताए ।
सो कार्यक्रममा बाल गृह अध्ययन केन्द्रलाई सहयोग प्रदान गर्ने बिभिन्न ब्यक्तित्वलाई सम्मान पत्र समेत प्रदान गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया