काठमाडौं : नेपाल राष्ट्र बैंकले अाज (अार्इतबार) का लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको खरिद मूल्य ११४ रूपैयाँ ६६ पैसा र बिक्रीदर ११५ रूपैयाँ २६ पैसा तोकिएको छ ।
युरो १ को खरिददर १३४ रूपैयाँ १२ पैसा र बिक्रीदर १३४ रूपैयाँ ८३ पैसा, पाउन्ड स्ट्रलिङ १ को खरिददर १५० रूपैयाँ ४३ पैसा र बिक्रीदर १५१ रूपैयाँ २२ पैसा तोकिएको छ ।
केन्द्रीय बैंकका अनुसार साउदी रियालको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६६ पैसा रहेको छ ।
युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७१ पैसा र बिक्रिदर २७ रुपैयाँ ८५ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ २५ पैसा र बिक्रिदर १० रुपैयाँ ३१ पैसा रहेको छ ।
कुवेती दिनार एकको खरिददर ३७८ रुपैयाँ ७९ पैसा छ भने बिक्रिदर ३८० रुपैयाँ ७७ पैसा कायम गरिएको छ । बहराइन दिनार एकको खरिददर ३०४ रुपैयाँ १४ पैसा र बिक्रिदर ३०५ रुपैयाँ ७३ पैसा तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया