काठमाडौं । सवारी साधनहरुको कुम्भमेला ‘नाडा अटो मेला’ आइतबार सकिँदै छ ।
मंगलवारदेखि काठमाडौंमा शुरु भएको सवारी साधनहरुको कुम्भमेला ‘नाडा अटो मेला’ सकिन लागेको हो ।
५ अर्ब रुपैयाँको कारोबार गर्ने लक्ष्यसहित अटोमोबाईल्स एसोसिएन अफ नेपाल ‘नाडा’को आयोजनामा ‘नाडा अटो मेला’ मंगलवारदेखि भृकुटी मण्डपमा शुरु भएको थियो ।
मुलुककै सबैभन्दा ठूलो गाडी खरिद बिक्री मेलाको रुपमा लिइएको यो मेलाबाट ४ महिनामा हुने कारोबार ६ दिनभित्रै उठाउने लक्ष्य राखेको थियो ।
मेलामा सवारीसाधन खरिद र बिक्री गर्न ७१ वटा संस्थाहरुले अटो मेलामा सहभागीता जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया