नियम उल्लंघन गरेपछि युनिलिभर नेपाल लिमिटेडको शेयर काराेबार रोक्का

काठमाडौं : लगानीकर्तालार्इ लाभांश घोषणा गरेपनि लामो समयसम्म जानकारी नगराएको युनिलिभर नेपाल लिमिटेडलार्इ नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले २४ घण्टे स्पष्टीकरण सोधेको छ । 

नेप्सेले युनिलिभरको शेयर कारोबार नै रोक्का गरिदिएको छ भने शेयर सूचीकरण समेत रोकिदिएको छ । 

भदाै १२ गते बसेको युनिलिभरको सञ्चालक समितीको बैठकले शेयरधनीलार्इ ७ सय प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको थियो । 

भदाै २८ गतेमात्र यसबारे जानकारी गराएपछि रूष्ट बनेको नेप्सेले शेयर मूल्यमा प्रभाव पार्ने संवेदनशील सूचना तत्काल जानकारीमा नल्यार्इ युनिलिभरले कानूनी प्रावधानको बर्खिलापमा काम गरेको ठहर गरेको छ । 

नेप्सेले अहिले युनिलिभरको शेयर सूचीकरण रोकेर स्पष्टीकरण प्रकृया अघि बढाएको छ । 'धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ को उपविनियम १ को खण्ड (ङ) बमोजिम युनिलिभरले नियम उल्लंघन गरेकाले त्यसको कारण खुलाएर जवाफ पेश गर्न'  नेप्सेले युनिलिभरलार्इ निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?