सूर्योदय लघुवित्तको लाभांश २५ प्रतिशत

काठमाडौं । सूर्योदय लघुवित्तले २५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

सूर्योदय लघुवित्तले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । अघिल्लो वर्ष कूल २० प्रतिशत लाभांश वितरण गरेकोमा गत आर्थिक वर्षमा ४५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । 

गत आर्थिक वर्षमा प्रस्ताव गरिएको ४५ प्रतिशत लाभांशमध्ये ४२.७५ प्रतिशत बोनस सेयर तथा २.२५ प्रतिशत नगद लाभांश रहेको छ । 

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृती तथा लघुवित्तको आगामी वार्षिक साधारण सभाबाट पारित भएपश्चात वितरण हुनेछ ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?