काठमाडौं । ‘अप्रिलिया’ हाइब्रिड बाइकको अधिकृत विक्रेता डि-लाइफ स्टाइल्स प्रा.लिले पूर्व मेचिदेखि पश्चिमको महाकालीसम्म रोड ट्रिप गर्ने भएको छ ।
सो रोड ट्रिप १९ दिनको रहने बताइएको छ । अल्का हस्पिटल, लुम्बिनी जनरल इरन्स्योरेन्स र सप स्टप नेपालसँग मिलेर गर्न लागेको रोड ट्रिपमा राइडर्स र अप्रिलिया प्रयोगकर्ताको सहभागिता रहने डि-लाइफ स्टाइल्सले जानकारी दिएको हो ।
रोड ट्रिपबाट सिद्धिपुरको भानुदय बेसी स्कुल, बुढानिलकण्ठको जन उद्धार सेकेण्डरी स्कुल र महालक्ष्मीथानको मदन आश्रित आदर्श बेसिक स्कुलमा निमावी श्रेणीका चार सय ८० विद्यार्थीलाई तयारी पोशाक उपलब्ध गराउने कम्पनीका कर्पोरेट सेल्स अफिसर दिक्षा श्रेष्ठले बताइन् ।
यसकालागि कम्पनीले कोलाबरोरेटीभ स्कुल्स नेटवर्कसँग सहकार्य गरेको बताइएको छ ।
रोड ट्रिपमा प्रत्येक सहभागीले खान, बस्न र इन्धनका लागि बुझाएको ५० हजार रुपैयाँबाट दुई हजार रुपैयाँ विद्यार्थीको पोशाकका लागि संकलन हुनेछ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको यात्राको एड्भेन्चरस अनुभवसँगै विद्यार्थीका लागि फन्ट कलेक्सन गर्ने श्रेष्ठले बताइन् ।
रोड ट्रिप जम्मा ३५ सय किलोमीटरको हुनेछ । भोली ‘सोमवार’देखि १९ गतेसम्म चल्नेछ । १ सय २५ सिसि र १ सय ५० सिसिको अप्रिलीया ट्रिपमा प्रयोग हुने कम्पनीले जनाएको छ। ट्रिपमा क्रु मेम्बर, दक्ष प्राविधीक र राइडर लगायतको सहभागिता रहने बताइएको छ।
नाडा अटो शोमा अप्रिलीया खरिद गर्ने ग्राहकले पनि रोड ट्रिपमा सहभागी जनाउन सक्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया