मुलुकको उच्च शिक्षामा काठमाडौं विश्वविद्यालयको भूमिका महत्वपूर्ण : शिक्षामन्त्री पौडल

लोकपथ
7
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं विश्वविद्यालयले मुलकुको उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
विश्वविद्यालयको ९३औँ सभाको बैठकमा बौल्दै मन्त्री पौडेलले काठमाडौं विश्वविद्यालयले उच्च शिक्षामा खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

विश्वविद्यालयले मुलुकलाई चाहिने गुणस्तरीय शिक्षाका साथै नैसर्गिक निष्ठा र नैतिक आचरणले भरिपूर्ण शिक्षित जमातको निर्माणमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

उनले शिक्षालाई सीपसँग, सीपलाई उत्पादन र रोजगारसँग जोड्दै सक्षम, दक्ष र राष्ट्र निर्माणमा चाहिने आवश्यक जनशक्ति उत्पादन गर्न विश्वविद्यालयले भूमिका निर्वाह गर्ने बताए ।

वातावरण र आकर्षक केन्द्र बनाए मात्र विदेश जानेहरुलाई कम गर्न सकिने औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?