काठमाडौं । भारतको लखनउमा जारी यू-१९ क्वाड्राङ्गुलर एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत नेपालले अफगानिस्तानसामु १ सय ९० रनको चुनौती प्रस्तुत गरेको छ ।
एकना इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको नेपालले ४९ दशमलब ३ ओभरमा सबै विकेट गुमाउँदै १सय ८९ रनको योगफल तयार पारेको थियो । नेपालका लागि पवन सराफ अर्धसतकिय पारी खेले । उनले ९६ बलमा १० चौका र १ छक्कासहित अविजित ७८ रनको योगदान दिए ।
त्यस्तै सन्दीप जोराले २८ रन, रसिद खानले २४ तथा लोकेश बमले १६ रन बनाए । भिम शार्कीले १३ रन जोडे । त्यस्तै, अन्य ६ खेलाडी भने खासै दोहोरो अंक बनाउन सकेनन् ।
अफगानिस्तानका लागि नविद मोहमद कविरले सर्बाधिक ३ विकेट लिए । सिरिजको फाइनलमा पुग्न असफल दुवैको लागि यो खेल प्रतिष्ठाको लडाईको रुपमा रहने छ । यस खेलमा विजयी हुने टोलीले एक जितसहित घर फर्कने छन् ।
यस अघि भएको पहिलो खेलमा नेपाल भारतको ‘बि’ टिमसँग पराजित भएको थियो भने दोस्रो खेलमा भारतको ‘ए’ टोलीसँग ८ विकेटले पराजित भएको थियो ।
बंगलादेशमा आयोजना हुने एसिया कप क्रिकेटको तयारीको रुपमा भारतीय क्रिकेट बोर्डले आयोजना गरेको सिरिजमा भारतको दुई गरी नेपाल र अफगानिस्तानका टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया