काठमाडौं । यहि असोज १३ गतेबाट काठमाडौंमा शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता शुरु हुने भएको छ ।
विभिन्न कारणले रोकिएको ‘ए’ डिभिजन लिग चार वर्षपछि पुनः सञ्चालन हुन लागेको हो । प्रतियोगिताको सम्पूर्ण खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान र हल्चोकस्थित शसस्त्र प्रहरीको मैदानमा हुने आइतवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको हो ।
लिगका लागि ‘एन्फा’ले क्लबहरुलाई तयारी स्वरुप २० लाख रुपैयाँ प्रदान गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगिताको खेलहरु फिफाको निमय अनुसार खेलाइनेछ । लिगको विजेतालाई नगद ५० लाख रुपैयाँ पुरस्कार दिने ‘एन्फा’ अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । त्यस्तै, उपविजेता हुने क्लबले ३५ लाख र तेस्रो हुने क्लबले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
चौथो, पाँचौ र छैटो हुने क्लबले कमश : १५, ७ र ५ लाख रुपैयाँ पाउने छन् । यता, फेयर प्ले टिमले ट्रफीका साथै एक लाख रुपैयाँ पाउनेछन् । हरेक खेलका म्यान अफ दी म्याच खेलाडीलाई १० हजार रुपैयाँ प्रदान गरिनेछन् । भने, प्रत्येक खेल जित्ने क्लबलाई ५० हजार रुपैयाँ दिइनेछ ।
राउण्ड रोविन लिगको आधारमा हुने प्रतियोगितामा कुल ९१ खेल हुनेछ । प्रत्येक दिन दुई खेल हुनेछ । खेल तालिका भने मंगलबार सार्वजनिक गरिने एन्फाले जनाएको छ ।
लिगको लागि क्लबहरुले १८ देखि ३५ खेलाडी अनुबन्धित गर्न सक्ने छन् । जसमा ४ विदेशी खेलाडी राख्न पाउने छन् । मैदानमा भने ३ खेलाडी उतार्न पाउने छन् ।
फिफाले उपलब्ध गराएको ७ लाख ८८ हजार डलबाट ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग पनि सञ्चालन गर्न लागिएको पनि पत्रकार सम्मेलन जानकारी दिइयो । प्रतियोगितालाई मध्यनजरमा राख्दै खेल मैदानमा सिसि क्यामराको जडान पनि गरिएको पत्रकार सम्मलेन जानकारी दिइएको हो ।
प्रतियोगिताको सबै खेल रामशरण मिडियाले प्रत्यक्ष प्रशारण गर्नेछ । लिगमा यस पटक १४ ‘ए’ डिभिजन क्लबले सहभागिता जनाउँदै छ । पहिलो पटक सञ्चालनमा ल्याइएको अनलाइनमार्फत क्लबहरुले फर्म भर्न सक्नेछन् । प्रतियोगिताको लागि ७ करोड ८८ लाख रुपैयाँ खर्च हुने बताइएको छ ।
बि.स २०७१ सालमा ए डिभिजन लिग भएयता पहिलो पटक लिग पुनः सञ्चालन हुन लागेको हो ।
उत्कृष्ट ४ विधाका खेलाडी र प्रशिक्षकलाई बाइक
यसैबीच ‘ए’ डिभिजन लिग फुटबलमा उत्कृष्ट प्रदर्शन गर्ने चार विधाका खेलाडी र प्रशिक्षकले मोटरसाइकल पाउने भएका छन् ।
‘एन्फा’ ले आइतबार पत्रकार सम्मेलन गर्दै लिगमा व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने चार खेलाडी र एक प्रशिक्षकलाई मोटरसाइकल प्रदान गरिने जानकारी दिएको हो । रेलिगेसन नहुने लिग असोज १३ गतेबाट शुरु भएर माघ १६ सम्म चल्नेछ । लिगमा १४ ‘ए’ डिभिजन क्लबहरुले भाग लिदैछन् ।
एन्फाले लिग अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलकिपर र प्रशिक्षकलाई एक-एक थान मोटरसाइकल दिइने जनाएको छ ।
सहभागी क्लब
थ्री स्टार, मनाङ मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटि) , ब्रिगेड ब्वाइज, हिमालयन शेर्पा क्लब
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया