प्रतिबन्धित नोटसहित कञ्चनपुरबाट भारतीय नागरिक पक्राउ

कञ्चनपुर :  बैलाैरी नगरपालिका-८ स्थित पचुर्इ खप्टे नालाबाट प्रहरीले प्रतिबन्धित भारतीय नोट सहित भारतीय नागरिकलार्इ पक्राउ गरेको छ । 

५०० रूपैयाँका ४०० वटा नोटसहित भारतको राजापुरी हजाराका ५५ बर्षीय सतमान सिंहलार्इ प्रहरीले नियन्त्रणमा लिएको हो ।

नक्कली नोटको कारोबारमा समेत संलग्न रहिअाएको अाशंका गरिएका सिंहमाथि र्इलाका प्रहरी कार्यालय, बेलाैरीको हिरासतभित्र अावश्यक अनुसन्धान भर्इरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?