काठमाडौं । नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ को आयोजनामा भएको तेक्वान्दोको पुम्से सेमिनार सोमवार पनि जारी छ ।
सेमिनार कार्यक्रम सातदोबाटोस्थित नेपाल तेक्वान्दो एकेडेमीको भवनमा भइरहेको छ ।
सेमिनारमा १ सय ६० खेलाडी तथा प्रशिक्षकहरुले भाग लिएका छन् ।पुम्से सेमिनार परिवर्तित नयाँ नियमका बारेमा जानकारी दिने उद्देश्यले आयोजना गरिएको प्रदेशका अध्यक्ष केशव पुरीले बताए । सेमिनार बुधवारसम्म चल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया