काठमाडौं । घटना र विचार साप्ताहिक पत्रिकाका खेलकुद सम्पादक श्रीबिक्रम भण्डारी सम्मानित भएका छन् ।
लामो समयदेखि खेलकुद क्षेत्रको विकास र विस्तारमा उल्लेख्य योगदान पुर्याएको भन्दै खेल सम्पादक भण्डारीलाई राष्ट्रिय तेक्वान्दो संघ काठमाडौं जिल्लाको कार्यसमितीले सम्मान गरेको हो ।
संघले भण्डारीलाई नेपाली खेलकुद क्षेत्रमा पुर्याएको योगदानको उच्च कदर गर्दै सम्मान गरेको हो ।
उनलाई राष्ट्रिय तेक्वान्दो संघका अध्यक्ष विनम महत र युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले सम्मानपत्र प्रदान गरेका थिए । भण्डारी लामो समयदेखि खेलकुद पत्रकारिता सक्रिय छन् । साथै, साथै, उनी दक्षिण एशियाली खेलकुद संघ तथा नेपाल आइस हक्की संघको उपाध्यक्ष समेत हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया