अजोड इन्स्योरेन्सद्वारा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न

लोकपथ
21
Shares

काठमाडौं । अजोड इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको छ । बीमा समितिको स्वीकृती बमोजिम कम्पनीले यही साउन १४, १५ र १६ गते बाँके जिल्लाको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी अभिकर्ताको तालिम सम्पन्न गरेको हो ।

उक्त कार्यक्रममा अजोड इन्स्योरेन्स लिमिटबाट दिपक पोखरेल, प्रेम राज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । उक्त कार्यक्रममा ३३ जना अभिकर्ताको सहभागिता भएको थियो र कार्यक्रमको संचालन अजोड इन्स्योरेन्स लिमिटेडको कोहलपुरका शाखाका प्रमुख निर्मल कुमार क्षेत्री साउदले गरेका थिए ।

अजोड इन्स्योरेन्सलाई बीमा समितिले कृषि बीमा गर्न तोकिएको जिल्ला बाहेक बाहिरी जिल्लामा पनि अभिकर्ता तालीम संचालन गरेको हुनाले अजोड इन्स्योरेन्स आफ्नो बजार विस्तार गर्न सक्रिय छ भन्ने कुरा प्रष्ट बुज्न सकिन्छ ।

सो कार्यक्रममा अजोड इन्स्योरेन्सको लुम्बिनी प्रदेशको प्रादेशिक प्रमुख भगवती रेग्मी, नेपालगन्ज शाखाका प्रमुख रबिन कुमार भट्ट र कर्णाली प्रदेशका प्रादेशिक प्रमुख योगेन्द्र बहादुर कार्कीका साथै कोहलपुर शाखाका सबै कर्मचारीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?