काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको विमानमा चरा ठोक्किएको छ ।
सौर्य एयरलाइन्सको विमान ९ एन ए एम ई कल साइनको विमानमा चरा ठोक्किएको हो ।
विमानको बायाँ इन्जिनमा चरा ठोक्किएका कारण विराटनगर विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो । विमानका दुईवटा पत्तीमा क्षति पुगेको छ ।
विमान मर्मतका लागि प्राविधिक टोली विराटनगर पुगिसकेका सौर्य एयरलाइन्सले जनाएको छ ।
सौर्य एयरलाइन्सका मार्केटिङ म्यानेजर मुकेश खनालका अनुसार हाम्रो प्रविधिक टोली विराटनगर पुगिसकेको छ । के क्षति भएको त्यसको अध्ययन गरि विमान मर्मत गरिने जानकारी दिए ।
विमान मर्मतपछि इन्जिनियरिङ टीमले नै टेष्ट उडान भरेर काठमाडौं ल्याउने छ ।
विमानमा ४८ जना यात्रु र ४ जना चालक दलका सदस्यहरु थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया