एएफसी यु-१६ महिला च्याम्पियनसिप बुधवारबाट शुरु हुँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’ आगामी बुधवारबाट काठमाडौमा शुरु हुने एएफसी यु-१६ महिला च्याम्पियनसिपको सम्पुर्ण तयारी पुरा जानकारी दिएको छ । 

एन्फाले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । एन्फाका महासचिव इन्द्रमान तुलाधरले प्रतियोगिता खेल्ने सम्पुर्ण टोली नेपाल आइसकेको र बुधवारबाट समुह चरणका खेलहरु सञ्चालन हुने बताए । 

समुह ‘ई’ मा रहेको नेपालले  फिलिपिन्स, म्यानमार र मलेसियासँग खेल्नेछ । छनोटको सम्पूर्ण खेल हल्चोकस्थित शसस्त्र प्रहरीको एपीएफ क्लबको मैदानमा हुनेछ ।नेपालले छनोटको पहिलो खेलमा सेप्टेम्बर १९ मा फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै दोस्रो खेलमा म्यानमारको तथा अन्तिम खेलमा मलेसियाको सामना गर्नेछ । 

समूहको बिजेताले दोस्रो चरणको यात्रा तय गर्नेछन् । त्यस्तै छनोटमा सहभागी ६ समूहको उपविजेता मध्ये उत्कृष्ट २ टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन् । दोस्रो चरणको छनोटमा बिजेता बन्ने चार टोलीले अर्को बर्ष थाइल्याण्डमा हुने एएफसी यू-१६ महिला च्याम्पियनसिपमा सहभागी हुने मौका पाउनेछन् । 

यसैबीच, एन्फाले एएफसी यु-१६ च्याम्पियनसिप खेल्ने २३ सदस्यीय नेपाली टोलीको नाम सार्वजनीक समेत गरेको छ ।

प्रारम्भिक नेपाली टोली  

गोलकिपर-सावित्री किसान, पुजा थापा, करिना धिमाल 
डिफेन्डर-खुस्मा राई, पुष्पा गुरुङ, सजना ठोकर, भावना थापा, सुरक्षा सिंह, सविना चौधरी, मनमाया परियार 

मिडफिल्डर-प्रिति राई, रजनी राना मगर, सुरक्षा सुखरीया, मुना मगर, सविता राना मगर, सुष्मा तामाङ, अस्मिता चौधरी, मनिषा विष्ट, मनिका घर्तिमगर 

फरवार्ड-चन्द्रिका भण्डारी, श्रीषा कार्की, मन्दिरा राई, निकिता ठोकर 
मुख्य प्रशिक्षक-गंगा गुरुङ, 
प्रशिक्षक-श्याम मानन्धर 
गोलकिपर प्रशिक्षक-बिनोद महर्जन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?