बैंक अफ काठमाण्डु र हिमालयन बैंकले जित्यो मेलम्ची खानेपानी आयोजनाको ग्यारेन्टी वापतको मुद्दा

लोकपथ
49
Shares

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको ठेकेदार चाइना रेल्वेका लागि चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको बैंक अफ काठमाण्डू लिमिटेड र हिमालयन बैंकले उक्त जमानत सम्बन्धी परेको भुक्तानी सम्बन्धी मुद्दा जितेको छ ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेकाका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू लिमिटेडलाई काउन्टर ग्यारेन्टी दिएको थियो ।

यो फैसलासँगै बिओकेले काउन्टर ग्यारेन्टी वापतका मेलम्ची खानेपानी आयोजनालाई भुक्तानी गरिदिएको अमेरिकन डलर ६६ लाख २५ हजार ०१० र युरो १४ लाख ११ हजार ४५३ वापतको रकम बैंक अफ काठमाण्डू लिमिटेडले फिर्ता पाउने भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्रवण मास्केले जानकारी दिए ।

यसैगरी हिमालयन बैंकले पनि मेलम्ची खानेपानी आयोजनाको काउन्टर ग्यारेन्टीसंग सम्वन्धीत मुद्धा जितेको छ । करिब १० वर्षपछि यी दुई बैंकहरुले चाइना कन्स्ट्रक्सन बैंकको तर्फबाट काउन्टर ग्यारेन्टी प्राप्त गरी सो वापत मेलम्ची खानेपानी आयोजनाको नाममा अग्रिम भुक्तानी जमानत जारी गरेको जमानत सम्बन्धी परेको भुक्तानी सम्बन्धी मुद्दा जितेका हुन । मुद्धा जितेसँगै यी दुई बैंकहरुले करिब डेड अर्ब नेपाली रुपैंयाँ फिर्ता पाउने भएका हुन् ।

गत शुक्रबार चाइनाको सर्वोच्च अदालतले नेपाली बैंकको पक्षमा फैसला गरेसँगै चाइना कन्स्ट्रक्सन बैंकले नेपालको हिमालयन बैंक र बैंक अफ काठमाडौंको रकम फिर्ता गर्नुपर्ने भएको हो ।

मेलम्ची जमानतको रकम भुक्तानी भएलगत्तै बैंक अफ काठमाण्डूले ६६.२५ लाख अमेरिकी डलर अर्थात करिब एक अर्ब र हिमालयन बैंकले करिब ७० करोड रुपैयाँ फिर्ता पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?