काठमाडौं । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०७८-०७९ मा तीन अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको यस्तो नाफा दुई अर्ब ८४ करोड ४८ लाख ८२ हजार रुपैयाँमा सीमित थियो ।
हाल चुक्ता पुँजी १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ रहेको बैंकले आर्थिक वर्षमा एक खर्ब ९१ अर्ब ५५ करोड छ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ७८ अर्ब ७४ करोड ४३ लाख २२ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको छ ।
सो अवधिमा सात अर्ब तीन करोड ८१ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरी एक दशमलव शुन्य तीन प्रतिशतको अनुपातमा निष्क्रिय कर्जा देखिएको छ ।
चौथो त्रैमाससम्म बैंकको स्प्रेड दर ४.३१ प्रतिशत रहेको छ भने वितरणयोग्य नाफा भने दुई अर्ब १० करोड ६८ लाख १० हजार रुपैयाँ रहेको छ ।
अघिल्लो आवमा भने बैंकले एक खर्ब ८० अर्ब ९ करोड २४ लाख रुपैयाँ निक्षेप संकलन गरी एक खर्ब ५८ अर्ब ५७ करोड ९२ लाख ३५ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
उक्त अवधिमा पाँच अर्ब ५१ करोड दुई लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकमा एक प्रतिशत कर्जा निष्क्रिय रहेको थियो भने स्प्रेड दर ३.७० प्रतिशत रहेको थियो ।
नाफा सामान्य बढेपनि बैंकको प्रतिसेयर आम्दानी भने केही घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३३ पैसा घटेर २५ रुपैयाँ ७१ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ११.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया