प्रदेश १ का मन्त्री कार्कीसहितको टोलीले गरे सप्तकोसी तटबन्ध फुटेको क्षेत्रको स्थलगत अनुगमन

लोकपथ
63
Shares
dxfsfnL gbLsf] af9Ln] s6fg ul//x]sf] ;8s s~rgk’/, % c;f/ . dxfsfnL gbLsf] af9Ln] s6fg u/]sf] lgdf{0fflwg k’n 5]psf] ;8s . gbLdf kfgLsf] axfj Ps So”;]s gf3] kl5 t6Lo If]qdf ;ts{tf ckgfpg nfluPsf] 5 . t:jL/ M /fh]Gb|k|;fb kg]?, /f;;

काठमाडौं । सप्तकोसी नदीको तटबन्ध फुटेर बस्तीमा पसेपछि उदयपुरको बेलका–८ डुम्रीबोट र लाहुरेखोंच क्षेत्रको प्रदेश नं १ सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की सहितको टोलीले आज स्थलगत अनुगमन गरेको छ।

अनुगमनमा मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख, मोरङ, सुनसरी र उदयपुरका प्रमुख जिल्ला अधिकारी, स्थानीय तहका प्रमुख सहभागी छन्।

अनुगमन टोलीमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, सुनसरीका प्रजिअ इन्द्रदेव यादव र उदयपुरका प्रजिअ वीरेन्द्रकुमार यादव, बेलका नगरपालिकाका प्रमुख अशोक कार्की, सप्तकोसी नगरपालिकाका कृष्ण्प्रसाद ढकाल र कञ्चनरुप नगरपालिकाका प्रमुख ललनप्रसाद गुप्ता, बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्की तथा सशस्त्र र नेपाल प्रहरीका अधिकारी घटनास्थलमा उपस्थित भएर सुरक्षा र उद्धार कार्यमा सहजीकरणसहितको विषयमा अनुगमन तथा निरीक्षण गरेका हुन्।

सप्तकोसीबाट बस्ती क्षेत्रमा पसेको पानीले बेलका नगरपालिका तथा सप्तरीका कञ्चनरूप र सप्तकोसी नगरपालिकामा समेत क्षति गर्न सक्ने भएकाले त्यहाँका सर्वसाधारणलाई उचित स्थानमा सार्न स्थानीय तहका प्रमुखले आग्रह गरेका छन्।

कटान क्षेत्रको स्थलगत निरीक्षण गर्न पुगेका मन्त्री कार्कीले प्रभावित क्षेत्रमै प्रदेश विपद् व्यवस्थापन समितिको बैठक बस्ने तयारी भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?