काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्म वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाको नाफामा सामान्य वृद्धि भएको छ ।
असार मसान्तसम्ममा संस्थाले ७८ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा संस्थाको नाफा १३.४० प्रतिशतले बढेको हो । अघिल्लो वर्ष ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
सो अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले बढेर १ अर्ब ५९ करोड ३८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संस्थाको यस्तो आम्दानी एक अर्ब ४१ करोड ६७ लाख रुपैयाँ रहेका थिए ।
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म संस्थाको सञ्चालन नाफा ११२.९६ प्रतिशतले बढेर ८१ करोड ७२ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा संस्थाको यस्तो नाफा ३८ करोड ३७ लाख रुपैयाँमा सीमित थियो ।
संस्थाको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख रुपैयाँ रहेको छ । संस्थाले अघिल्लो आर्थिक वर्षमा ७० प्रतिशत बोनस वितरण गरेको थियो । जसको असर प्रतिसेयर आम्दानीमा परेको देखिन्छ । संस्थाले चुक्ता पुँजी ६० करोड रुपैयाँबाट बढाएर एक अर्ब पुर्याएको छ तर सो अनुसार नाफा बढ्न नसक्दा प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ७४ पैसाले गिरावट आएको छ । ११३ रुपैयाँ ३४ पैसाबाट झरेर ७५ रुपैयाँ ६० पैसामा आएको छ । संस्थाको प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ८१ पैसा भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया