काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा निर्मल दाहाल नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिले दाहाललाई सिईओमा नियुक्त गरी स्वीकृतिका लागि बीमा समितिमा पठाएको थियो । कम्पनीको सिईओमा दाहाललाई नियुक्त गर्न समितिले बिहीबार स्वीकृति दिएको हो ।
अब बस्ने कम्पनी सञ्चालक समितिको बैठकले दाहाललाई आगामी ४ वर्षको लागि सिईओ नियुक्त गर्नेछ । यसअघिका सीईओ मनोजकुमार भट्टराईको कार्यकाल गत असार मसान्तमा सक्किएपछि उक्त पद रिक्त रहेको थियो ।
त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन गरेका दाहालसँग बैंक, बीमा तथा वित्तीय क्षेत्रमा २ दशक भन्दा बढी काम गरेको अनुभव रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया