अनि पो अब्बल बन्यो युनिग्लोब (भिडियो पनि)

लोकपथ
63
Shares

काठमाडौं । विद्यार्थीको पूर्ण व्यक्तिगत विकास, खुशीयाली माहोल, उच्चतम प्रतिफल, पूर्ण अनुशासित वातावरण, शिक्षक, विद्यार्थी अभिभावक र व्यवस्थापनबीचको पारस्परिक सम्बन्ध । हो, यिनै ५ कुरामा अडिग छ, काठमाडौं कमलादीस्थित युनिग्लोब मावि/कलेज ।

उसो त ९औँ वर्षको उकाली लाग्दै गर्दा युनिग्लोबले कहिल्यै पछाडि फर्कनु परेको छैन । शैक्षिक राजमार्गमा हरेक वर्ष निस्फ्रिक्री यात्रा गरिरहेको छ, युनिग्लोब । जसलाई कलेजको शिक्षण सिकाई र वेष्ट रिजल्टले नै पुष्टि गर्छ ।

यतिबेला कक्षा ११ र १२ सञ्चालित माविहरुमा विद्यार्थी भर्ना अभियान सञ्चालित छ । त्यही मेलामा सरिक छ, युनिग्लोब कलेज पनि । त्यसो त उज्ज्वल भविष्यको सपना बोकेर युनिग्लोबको दैलो छिर्ने नव विद्यार्थीहरुलाई कलेजले स्वागत गरिरहेको छ ।

युनिग्लोबले विज्ञान, व्यवस्थापन र कानूनका विषयहरुमा अध्यापन गराउँदै आएको कलेजका प्रिन्सिपल अशोककुमार चौधरी बताउँछन् । यी विषयमा झण्डै १३ सय विद्यार्थी भर्ना लिने कलेजको लक्ष्य छ । ‘हामी विज्ञानमा ६ सय विद्यार्थी, व्यवस्थापनमा ६ सय विद्यार्थी भर्ना लिन्छौँ भने कानूनमा २ वटा सेक्सन सञ्चालन गर्छौँ,’ चौधरी युनिग्लोबको वणर्न गर्दैछन्, ‘हामीले हरेक वर्ष लक्ष्य हासिल गरिरहेका हुन्छौं यसवर्ष पनि त्यो संकेत देखिसक्यौँ ।’

तीन प्रकारका छात्रवृत्ति

कलेजले विद्यार्थीको नतिजा, आन्तरिक मूल्यांकन र राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेअनुसारको विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको प्रिन्सिपल चौधरी बताउँछन् । ‘हामीले तीन प्रकारको छात्रावृत्ति दिँदै आएको छौँ जसमा मेरिट स्कलरसीप, पर्फमेन्स स्कलरसीप र राष्ट्रिय परीक्षा बोर्डले निर्धारण गरेअनुसारको स्कलरसीप प्रदान गर्छौँ,’ उनी कलेजले प्रदान गर्ने छात्रवृत्तिबारे प्रष्ट पार्दै थिए, ‘जसमा विद्यार्थीले प्राप्त गरेको जीपिए, कलेजले लिएको प्रवेश परीक्षा र आन्तरिक मूल्यांकनका आधारमा छात्रवृत्ति दिन्छौँ ।’

व्यक्तित्व विकासमा जोड

कलेजले विद्यार्थीको साधारण विषयगत शिक्षाका साथै व्यक्तित्व विकासमा पनि विशेष जोड दिँदै आएको छ । त्यसो त पढाईका अलावा अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थीलाई विशेष सहभागि गराउने गरेको प्रिन्सिपल चौधरी सुनाउँछन् । ‘हामी कक्षा ११ को पढाई सुरु हुनुभन्दा अघि झण्डै तीन दिन अभिमूखिकरण कार्यक्रम गर्छौँ,’ उनले भने, ‘जसमा ट्राफिक सचेतना, लागुऔषध दुर्व्यसनी, साइबर अपराध र करियर काउन्सिलिङ जस्ता कुरामा त्यस क्षेत्रका विज्ञहरुलाई बोलाएर विद्यार्थीलाई ज्ञान दिन्छौँ ।’

साथै, कलेजको शिक्षण सिकाईलाई पनि दुई भागमा बाँडेको छ । ‘हामीले परम्परागत शिक्षण सिकाईलाई ६० प्रतिशत र ४० प्रतिशत प्रविधिमैत्री शिक्षालाई अँगालिरहेका छौँ,’ चौधरीले भने, ‘हामीसँग कक्षा ११ र १२ मा चाहिने सम्पूर्ण प्रयोगशालाहरु छन् । जसले गर्दा हाम्रा विद्यार्थीले दुवै सिकाई पद्धतिबाट भरपुर ज्ञान लिन सक्छन् ।’

यतिमात्र होइन, कलेज सफल हुनुको अर्को मन्त्र पनि छ । त्यो हो, ‘अ सक्सेस अन ट्राइपड’ । जसको अर्थ हो- विद्यार्थी, शिक्षक, अभिभावकसँग व्यवस्थापनको सुमधुर सम्बन्ध । त्यसैले युनिग्लोब पढेका विद्यार्थीले सोच्ने क्षमता अन्य कलेजका विद्यार्थीभन्दा भिन्न हुने प्रिन्सिपल चौधरी दाबी गर्छन् ।

हो, अब त्यही क्षमता हासिल गर्ने पालो तपाईंको । रोज्ने होइन त युनिग्लोब ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?