काठमाडौं । कृषि विकास बैंक लिमिटेडले मुद्दती निक्षेप योजनाअन्तर्गत हजार राखे लाख पाउने र लाख राखे करोड भुक्तानी पाउने योजना ल्याएको छ । उक्त निक्षेप योजनालाई सो बैंकले लखपति करोडपति धमाका मुद्दती निक्षेप योजनाअन्तर्गत ल्याएको हो ।
जसमा व्यक्तिगत ग्राहकले ५९ हजार ३५५ रुपैयाँ र रेमिट्यान्स ग्राहकले ५६ हजार ६२६ रुपैयाँ जम्मा गरी मुद्दती निक्षेप खोलेमा पाँचवर्षपछि कर कट्टीसहित एकलाख भुक्तानी दिने त्यसैगरी व्यक्तिगत ग्राहकले ५९ लाख ३५ हजार ५०० रुपैयाँ र रेमिट्यान्स ग्राहकले ५६ लाख ६२ हजार ६०० रुपैयाँ जम्मा गरेमा पाँचवर्षपछि कर कट्टीसहित एकमुष्ठ एक करोड रुपैयाँ भुक्तानी दिने बैंकले जनाएको छ ।
यसका साथै यो योजनाअन्तर्गत नै हाल जम्मा गरेको रकमको निश्चित अवधिपछि दुई गुणा, तीन गुणा र पाँच गुणासम्म प्रतिफलमा एकमुष्ठ भुक्तानी दिने योजनासमेत बैंकले ल्याएको छ ।
बैंकले यस्तो सुविधा लिने व्यक्तिगत तथा रेमिट्यान्स ग्राहकका लागि क्रेडिट कार्डमा ९० प्रतिशतको लिमिट, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेविट कार्ड, डिम्याट, सिआश्वाको रजिष्ट्रेशन शुल्क निशुल्क गरी लकर सेवामा ५० प्रतिशत छुट हुने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया