जगदीप धनखर : अधिवक्तादेखि भारतको उप-राष्ट्रपतिसम्म

जगदीप धनखर भारतको उप–राष्ट्रपतिमा निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा उनी भारतको १४ औँ उप–राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

सन् १९५१, १८ मे’मा राजस्थानको झुन्झुनु जिल्लाको किथाना गाउँमा जन्मिएका धनखरले चित्तौडगढको सैनिक स्कूलबाट आफ्नो अध्ययन पूरा गरेका हुन् । अङ्ग्रेजी, गणित र संस्कृतमा अब्बल उनी सैनिक स्कुलमा कक्षा ५ देखि १२ सम्म पढ्दासम्म तेजस्बी विद्यार्थीका रुपमा चिनिन्थे ।

विद्यालयको आन्तरिक तथा वाह्य प्रतियोगितामा सधैं अब्बल हुने धनखर पढाइमा पनि राम्रो भएकाले जहिल्यै चर्चामा रहन्थे । उनलाई साहित्यमा पनि रूचि थियो । उसो त धरखरले अङ्ग्रेजीमा लेखेका अधिकांश लेखहरु हाल सैनिक विद्यालयमा सुरक्षित छन् ।

धनखरलाई विद्यालय तह अध्ययन गर्दा देखि नै अधिवक्ता बन्ने ठूलो रहर थियो । उनले त्यो इच्छालाई पुरासमेत गरे । उसो त धनखरल राजस्थान उच्च अदालत र सर्वोच्च अदालतमा बेग्लै पहिचानसमेत बनाए । साथै, झण्डै तीनवर्ष अन्तर्राष्ट्रिय मध्यस्थता अदालतको सदस्यसमेत भएका थिए । यतिमात्र होइन उनी हाइकोर्ट बार एसोसिएसनको अध्यक्ष समेत बने ।

यो सँगै धनखरले राजस्थानका जाट समुदायलाई आरक्षण दिलाउनुपर्ने माग राख्दै लामा समय संघर्ष गरे । त्यसैले उनको लोकप्रियता बढायो । साथै, पी. बङ्गालको गभर्नरसमेत बने ।

जीन्दगीको राजमार्गले मानिसलाई कुन बेला कहाँ पुर्‍याउँछ भन्न सकिन्न ! धनखरको पनि त्यस्तै भयो । उनले त्यही लोकप्रियताको आडमा राजनीति फेरो समाते । र, आज उनी भारतको १४ औँ उप–राष्ट्रपतिमा निर्वाचित बने ।

राजनीतिक यात्रा 

सन् १९८९ मा झुन्झुनुबाट जनता दलका सांसदका रूपमा राजनीतिमा प्रवेश गरेका धनखरलाई राजनीतिमा ल्याउने श्रेय हरियाणाका पूर्व मुख्यमन्त्री देवीलाललाई जान्छ ।

यो सँगै जाट आन्दोलनदेखि पी. बङ्गालको गभर्नरसम्म बनेका उनमा कानूनको ज्ञान र जाटहरूको लोकप्रियताको मद्दतले धनखरलाई राजनीतिको भर्‍याङ चढ्न त्यति साह्रो गाह्रो परेन । उनको स्वभाव, व्यक्तित्व, गुण र लगनशीलता देखेर भाजपाले उनलाई उपाध्यक्ष बनायो ।

उनी भाजपाका नेता अरुण जेटलीसँग नजिक भए । उनीसबैको नजरमा तब परे जब उनले आफू पछाडी बसेर नै स्वामी असीमानन्दलाई मक्का मस्जिद, मालेगाउँ र अजमेर दरगाह विस्फोटका मामिलामा सफाइ दिने कुरामा सहयोग गरे । र, स्वामी असीमानन्दले सफाइ पाए । त्यसपछि उनको लोकप्रियता झन्–झन् बढ्दै गयो ।

राजनीतिमा प्रवेश 

  • सन् १९८९ मा उनले राजस्थानको झुन्झुनुबाट लोकसभा चुनावमा विजयी ।
  • प्रधानमन्त्री चन्द्रशेखरको कार्यकालमा राज्यमन्त्री ।
  • सन् १९९८ मा कांग्रेसबाट विधायका सन् २००८ मा भाजपामा प्रवेश गरे ।
  • राजस्थान ओलम्पिक संघ र राजस्थान टेनिस संघमा अध्यक्ष
  • सन् २०१९ मा पश्चिम बंगालको राज्यपालको रूपमा नियुक्त

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?