काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले निमित्त प्रमुख कार्यकारी अधिकृतमा रमेश बेल्वासेलाई नियुक्त गरेको छ । गत शुक्रबार कम्पनीको सञ्चालक समितिको ७०औँ बैठकको निर्णयानुसार साउन २० गते बाट नै लागू हुनेगरी उनलाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको हो ।
हिरोवट युनिभर्सिटी, युकेबाट बिबिए र मास्टर डिग्री गरेका बेल्वासेले नेपाल एसबीआई मर्चेण्ट एण्ड बैकिङ्ग लिमिटेडमा लगानी प्रमुख भई चार वर्ष काम गरेको अनुभव छ ।
मर्चेण्ट एण्ड बैकिङ क्षेत्रको राम्रो अनुभव भएका बेल्वासेलाई प्रमुखको जिम्मेवारी दिँदा संस्थागत विकासमा अगाडि बढ्ने विश्वास कम्पनीले लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया