काठमाडौं । मेटलाइफले गत हप्ता ६ ग्रामिण जिल्लाहरुमा जीवन बीमाबारे जनचेतना कार्यक्रम आयोजना गरेको थियो । जसमा सहभागी ६०० जनाले विभिन्न बीमालेखका फाइदाहरु बारे जान्ने मौका पाएका थिए ।
नेपालगन्ज, टिकापुर, धनगढी, भोजपुर, कास्की, र जुम्लामा कार्यक्रमको सञ्चालन गरिएको थियो ।
यस विशेष बीमा जागरण कार्यक्रमले मानिसहरूलाई उनीहरूको दीर्घकालीन हितलाई खतरामा नपार्न, उनीहरूका अधिकांश वित्तीय कठिनाईहरूलाई घटाएर आपातकालीन रणनीति विकास गर्न मद्दत गर्ने कम्पनीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया