काठमाडाैं : काठमाडाैं उपत्यकामा व्याप्त रूटको सिन्डिकेट तोड्ने गरि अाएको मयुर यातायातले दशैंअघि नै १०० वटा विधुतीय बस काठमाडाैंमा भित्र्याउने भएको छ ।
चीनमा बस तयार भर्इसकेको र नेपालमा विधुतीय बसका लागि अावश्यक पूर्वाधार समेत अाफुहरूले तयार पारिसकेको मयुर याताायातक अध्यक्ष मोहन श्रेष्ठले जानकारी दिए ।
विधुतीय बसका लागि अावश्यक चार्जिङ स्टेशन, प्राविधिक र अावश्यक कामदारको व्यवस्था भर्इसकेको कम्पनीले जानकारी दिएको छ ।
एकपटक चार्ज गरेपछि ३ सय किलोमिटरसम्म कुद्न सक्ने बसहरू ल्याउन लागिएको अध्यक्ष श्रेष्ठले दाबी गरेका छन् । दिनको एकपटकमात्र चार्ज गरे पुग्ने यी बसलार्इ पहिलो चरणमा चक्रपथ र बुढानीलकण्ठ सडक खण्डमा चलाउन मयुरले तयारी गरेको छ ।
हाल मयुर यातायातले ४४ वटा ठूला बसमार्फत यात्रुलार्इ सेवा दिर्इरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया