१. संसदमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्धको महाअभियोगमाथि छलफल, प्रतिपक्षी आक्रामक र सत्तापक्षको रक्षात्मक टिप्पणी, छलफलपछि महाअभियोग सिफारिस समितिमा पठाइयो ।
२. आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आजबाट दल दर्ता प्रकिया सुरु, सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो नम्बरमा दर्ता ।
३. बाढीपहिरो पीडितको उद्धार र राहतबारे सांसदले गराए सरकारको ध्यानाकर्षण, बाढीपहिरो पीडितको उद्धार र राहत गर्न तथा बढ्दो स्वास्थ्य जोखिम नियन्त्रण गर्दै उपचारको व्यवस्था गर्न माग ।
४. बर्खास्त भएका नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारी कार्यालयमा हाजिर, अधिकारीले चिठ्ठी नपाएको भन्दै कार्यालयमा हाजिर गरेको निगमको भनाइ ।
५. वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवसायिक बीमाको रुपमा बुझिरहेको नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईको आरोप, सत्तारुढ पाँचदलीय गठबन्धनलाई पञ्चमुखी सरकारको संज्ञा ।
६. नेपाल समाजवादी पार्टीले आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा विचार मिल्नेसँग चुनावी गठबन्धन गर्ने, ९ जना कार्यकारिणी सदस्यलाई प्रदेश इन्चार्जको जिम्मेवारी, १८९ सदस्यीय केन्द्रीय कार्यसमिति गठन ।
७. नेपालमा एक वर्षमा २ अर्ब १ करोड भन्दाबढीको काजु र बदाम भित्रियो, भारत, भियतनाम र अष्ट्रेलियाबाट सबै भन्दा धेरै आयात ।
८. आजबाट काठमाडौं उपत्यकामा हर्न बजाउन निषेध, अत्यावश्यक अवस्था बाहेकका बेलामा हर्न बजाए कारवाही गरिने ।
९. छानबिन गर्न गठित संसदीय समितिले अपूर्ण प्रतिवेदन बुझाएको नेकपा एमालेका सांसद प्रदीप ज्ञवालीको आरोप, समितिको अपूर्ण प्रतिवेदनका कारण अर्थमन्त्रालयमा सचिवहरुको भागभाग भएको प्रतिक्रिया ।
१०. नेपालमा पछिल्लो २४ घण्टामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि, ४३३ जना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ५ हजार ६५९ पुग्यो ।
११. आइतबार सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से १० दशमलव २७ अंकले बढ्दा २ अर्ब ६७ करोडको कारोबार, ११८ कम्पनीको सेयर मूल्य बढ्यो ।
१२. इजरायली सुरक्षा फौजले प्यालेस्टाइनको गाजाका विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा छ बालबालिकासहित ३१ जनाको मृत्यु, २६० भन्दा बढी घाइते ।
१३. भारतको १४औँ उपराष्ट्रपतिमा जगदीप धनखर निर्वाचित, योसँगै राज्यसभाको अध्यक्षसमेत बनेका धनखरले अगस्ट १० मा आफ्नो जिम्मेवारी सम्हाल्दै ।
१४. पछिल्लो समय विदेश पलायन हुने खेलाडीहरुको संख्या उकालो लाग्दै, राजनीतिक अस्थिरता र खेलकुद क्षेत्रमा हुने फोहोरी राजनीति नै कारक भएको खेल विज्ञहरुको भनाइ ।
१५. लेवान्डोस्की, कुन्डे लगायत बार्सिलोनाका नयाँ खेलाडी दर्ता गर्न ला लिगाद्वारा अस्वीकार, फाइनान्सियल फेयर प्लेको कडाई र खेलाडी अनुबन्धमा भएको आर्थिक समस्याबारे बार्सिलोनामाथि अनुसन्धान हुने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया