‘ए’ डिभिजन लिगको ट्रफी सिफलमा

काठमाडौं । यहि असोज दोस्रो साताबाट काठमाडौंमा शुरु हुने शहिद स्मारक ‘ए’ डिभिजन लिगको ‘ट्रफी टुर’ बिहीवार सिफलमा सार्वजनिक गरिएको छ । 

बिहीवार सिफलस्थित श्री बालब्यावसायी माविको प्राङगनमा विधार्थीहरुबीच सार्वजनिक गरिएको थियो । 

विद्यार्थीहरुलाई फुटबलतर्फ आकर्षण गर्ने मुख्य उद्धेश्यले आयोजना गरिएको ‘ट्रफी टूर’को चौथो दिनमा बिहीवार राष्ट्रिय खेलाडीद्वय नीराजन खड्का र सुनिल बलको उपस्थिती रहेको थियो । 
त्यस्तै कलाकारहरु लोक गायक बद्रि पंगेनी र पप गायक धीरज राईले विद्यार्थीसँग फुटबल खेलेका थिए ।

कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाको लिग कमिटिका अध्यक्ष विज्ञानराज शर्मा, प्रशिक्षक सुनिल श्रेष्ठ, विद्यालयका शिक्षक लगायतको सहभागिता रहेको थियो ।

‘ए’ डिभिजन लिगमा १४ वटा क्लबले सहभागिता जनाउँदैछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?