फिफाको नयाँ वरियतामा नेपाल एक स्थानमाथि, बेल्जियम र फ्रान्स संयुक्त रुपमा शिर्ष स्थानमा

काठमाडौं । फुटबलको सर्वोच्च निकाय ‘फिफा’ले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ६० औँ स्थानमा रहेको छ । 

गत महिना मात्र बंगलादेशमा भएको १२ औँ साफ च्याम्पियनसिपको सेमिफाइनलसम्म पुगेको नेपाल एकस्थान माथि उक्लिएको हो । १ हजार ४ अंक बनाएको नेपाल र बेलिज संयुक्त रुपमा १ सय ६० औँ स्थानमा रहेका हुन् । दक्षिण एशियाली राष्ट्रमध्ये भारत पहिलो स्थानमा छ ।

१ हजार २ सय ४४ अंकका साथ भारत ९७ औँ स्थानमा रहेको छ । 

त्यस्तै साफ च्याम्पियन माल्दिभ्स भने एक स्थान तल झरेको छ । माल्दिभ्स १५१ औँ स्थानमा रहेको छ ।  भुटान १८८ औँ, बंगलादेश १९३औँ, श्रीलंका १९८औँ र पाकिस्तान १९९ औँ स्थानमा छ। 

यता, फिफा वरियतामा पहिलो पटक दुई राष्ट्र संयुक्त रुपमा शीर्ष स्थानमा रहेका छन्। ‘फिफा’ले सेप्टेम्वर महिनाको लागि जारी गरेको वरियतामा बेल्जियम र फ्रान्स संयुक्त रुपमा शिर्ष स्थानमा रहेका छन् । 

दुवैको कूल अंक समान १७२९ रहेको छ। अघिल्लो महिना बेल्जियम दोस्रो स्थानमा थियो। तर, वरियताको २५ वर्षे इतिहासमा दुवै टिमले पहिलो स्थान सेयर गरेको यो पहिलो पटक भएको फिफाले जनाएको छ। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?