फर्निचर तथा फर्निसिङ एक्स्पो बिहीवारदेखि काठमाडौंमा शुरु

काठमाडौं। छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ काठमाडौंमा शुरु भएको छ । 

‘फर्नेक्स’ एक्स्पो बिहीवारदेखि राजधानीको भृकुटीमण्डपमा शुरु भएको हो ।  नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजना शुरु भएको ‘एक्स्पो’को नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष  राजेशकाजी श्रेष्ठले एक कार्यक्रमका बीच उद्घाटनका गरेका थिए । 

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले फर्निचर उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजे पनि राज्यबाट कुनै सहयोग नपाएको बताए । 

नेपाल फर्निचर तथा फर्निसिगं व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गईरहेको कच्चापदार्थको सदुपयोग गर्न सरकारले वातावरण निमार्ण गरिदिनु पर्ने बताए । 

५ दिनसम्म चल्ने ‘एक्स्पो’मा नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी भइरहेको छ । 

नजिकिदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु बिक्री वितरण हुने बताइएको छ । एक्स्पोमा एक सय भन्दा बढी स्टलहरु रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?