आइएमई जनरलको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ पुनः नियुक्त

लोकपथ
42
Shares

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको संचालक समितिको यही असार सात गतेको १२०औँ बैठकको निणर्य भए बमोजिम प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

कम्पनीका अनुसार श्रेष्ठलाई यही साउन २३ गतेदेखि नै लागू हुने गरी दोस्रो कार्यकालको लागि पुनः नियुक्त गरिएको हो । श्रेष्ठ बिगत २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत रहेका छन् । बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि परेका श्रेष्ठको नेतृत्वमा करिब सात वर्षमा आईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ ।

सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिए ।

कार्यकारी अधिकृतको शपथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, सेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी साथीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहकहरुलाई धन्यवाद व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?