ढाका । बंगलादेशमा पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धिको देशव्यापी विरोध भएको छ । बंगलादेशी सञ्चारमाध्यमका अनुसार यो मूल्यवृद्धि ‘अहिलेसम्मकै उच्च’ हो ।
सरकारले केही दिनअघि पेट्रोल र डिजेलको मूल्यमा ५० प्रतिशतभन्दा बढी वृद्धि गरेको थियो । टापु देश श्रीलंकापछि दक्षिण एसियाको अर्को देश बंगलादेश पनि प्रदर्शनबाट प्रभावित छ । आक्रोशित प्रदर्शनकारीहरूले अप्रत्याशित मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बंगलादेशभर इन्धन स्टेसनमा घेरा हालेका छन् ।
शेख हसिना सरकारले मंगलबार पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको थियो । ५१ दशमलब ७ प्रतिशतले गरिएको उक्त वृद्धि बंगलादेश स्वतन्त्र भएपछि अहिलेसम्मकै इन्धनमा भारी मूल्यवृद्धि भएको जनाइएको छ । मूल्यवृद्धिका बाबजुद पेट्रोल भर्ने मानिसहरूको लाम पेट्रोल पम्पहरूमा देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया