एनसेलको ‘रिचार्ज एण्ड विन’ अफर : दोस्रो हप्ताका विजेताले पाए नगद पुरस्कार

काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले ‘रिचार्ज एण्ड विन’ अफर अन्तर्गत दोस्रो हप्ताका विजेताहरुलाई नगद पुरस्कार वितरण गरेको छ । 

चाडपर्वको अवसर पारेर एनसेलले ल्याएको आकर्षक (रिचार्ज एण्ड विन’ ले दोस्रो हप्ताका विजेताहरुलाई गत मंगलबार एपीवान टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको 'लाइभ ड्र' कार्यक्रममार्फत छानिएका हुन् । 

‘रिचार्ज एण्ड विन’ १० हप्तासम्ममा संचालनमा रहने अफर हो । 

दोस्रो हप्ताका १० भाग्यशाली विजेता ग्राहकहरु मध्ये दुई जनाले बिहीवार जनही नगद रु एक लाख पुरस्कार ग्रहण गरेका छन् । दोस्रो हप्ताका अन्य आठ विजेताहरुको पहिचान तथा प्रमाणित गर्ने काम भइरहेको छ र यो प्रक्रिया समापन भएपछि काठमाडौंलगायत उपत्यका बाहिर रहेका एनसेल सेन्टरहरुबाट विजयीहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविनएम. युसुफले दोस्रो हप्ताका दुई विजयी नुवाकोटका कृष्णाकुमारी थापा र तनहुँका अर्जुन परियारलाई बिहीवार जनही  एक लाख नगद पुरस्कार प्रदान गरेका हुन् । 

युसुफले पहिलो हप्ताका अन्य तीनजना भाग्यशाली विजयी ग्राहकहरुलाई पनि नगद पुरस्कार प्रदान गरेका छनत् । पहिलो हप्ताका विजेतामा धादिङका रामहरी अर्याल, चितवनका राजकुमार गुरुङ र कुशल गुरुङलाई जनही एक लाख जितेका थिए । 

‘रिचार्ज एण्ड विन’ अफर भाद्र १७ गतेबाट सञ्चालनमा रहेको छ । यस योजनामा हप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्दछन् । यो योजना अन्तर्गत प्रत्येक हप्ता १० जना विजयी ग्राहकले जनही एक लाख नगद पुरस्कार पाउँछन् । नगद पुरस्कारमा लाग्ने कर कम्पनीले नै व्यहोर्नेछ ।  
  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?