भारतले रूससँग हवाई प्रतिरक्षा प्रणाली किन्ने

एजेन्सी : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको भारत भ्रमण अघि रूससँग हवाई प्रतिरक्षा प्रणाली किन्ने सम्झौताका काम पदाधिकारीहरूले टुंग्याइरहेका छन् ।

भारतले रूससँग हवाइ प्रतिरक्षा प्रणाली किन्नु अमेरिकाका लागि प्रतिष्ठानको विषय बन्न पुगेको छ ।

अमेरिकाले रूसमाथि आर्थिक नाकाबन्दी लगाएकाले भारतले रूससँग हतियार नकिन्ने अपेक्षा गरेको थियो ।

३ खर्ब ९५ अर्ब भारु बराबरको सम्झौता अनुसार ए ४०० प्रणाली भारतले वायु सैनिकका लागि खरिद गर्न खोजेको हो ।

स्रोतका अनुसार रूससँग हतियार खरिद गर्न नहुने गरी अमेरिकाले दिएको दबाब भित्र भारत बस्ने कारण नभएकाले यो सम्झौता हुन सक्ने देखिएको छ । यो खरिद गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।  रूसले यो प्रणाली भारतलाई सन् २०२०सम्म हस्तान्तरण गरिसक्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?