एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत इंग्लिस क्लब आर्सलनले विजयी शुरुवात गरेको छ ।
बिहीवार राति सम्पन्न भएको समूह चरणको पहिलो खेलमा आर्सनलले युक्रेनको भोरसाक्ला एफसीलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ३२ औँ मिनेटमा आर्सनलका लागि पियरे एमिरिक आबुमियाङले पहिलो गोल गर्दै क्लबलाई शुरुवाती अग्रता दिलाए । त्यस्तै ४८ औँ मिनेटमा ड्यानी वेलबेकले गोल गरे ।
आबुमियाङले खेलको ५६ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल तथा क्लबका लागि तेस्रो गोल गरे । ७४ औँ मिनेटमा मेसुट ओजिलले गोल गर्दै खेललाई ४-० को स्थितीमा ल्याए ।
एक पक्षिय रहेको खेलको ७६ औँ मिनेटमा पोल्टाभाका चेस्नाभोले गोल गरे । खेल सकिनै लाग्दा भिएचास्लाभ सार्परले गोल पनि हार टार्न भने सकेन ।
त्यस्तै, बिहीवार राति नै भएको अर्को खेलमा चेल्सीले पोक सालोनिकालाई १-० गोल अन्तरले पराजित गर्यो। चेल्सीका लागि विलियनले गरेको एक मात्र गोल नै निर्णायक बनेको थियो ।
समूह ‘इ’ कै अर्को खेलमा पोर्चुगलको स्पोर्टिङ लिस्बोनले अजरबैजानको क्वाराबागलाई २–० गोलले हराउन सफल भयो । लिस्बोनको जितमा राफेल विलोलीले ५४ औं तथा जोवानी कार्भालले ८८ औं मिनेटमा गोल गरेका थिए ।
बिहीवार राति नै भएको खेलमा फ्रयाङकफर्टले मार्सिल्लोलाई २-१ गोल अन्तरले, सेभिल्लाले स्टान्डर्ड लेगलाई ५-१ गोल अन्तरले तथा रापिड भियनाले स्पार्टक मस्कोलाई २-० गोल अन्तरले हरायो । यता, भिल्लारियल र रेन्जर्सबीचको खेल भने २-२ गोलको बराबरीमा सकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया