काठमाडौं । काठमाडौंमा सोमबार एक मानसिक रोगीलाई निर्घात कुटपिट गर्ने प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने भएको छ ।
सोमबार साँझ काठमाडौंको नयाँ बसपार्क छेउमा रहेको शिव मन्दिर चोकमा एक प्रहरी अधिकारीले मानसिक रोगीमाथि निर्घात कुटपीट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
नयाँ बसपार्क छेउमा रहेको एक फेन्सी पसल अगाडि बसेका मानसिक रोगीलाई स्थानीयले हटाउन खोज्दा पसले र प्रहरीले कुटपिट गिरेका थिए ।
उक्त घटनापछि प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै मानसिक रोगीलाई निर्घात कुटपिट गर्ने प्रहरी कर्मचारीलाई प्रहरी प्रधान कार्यालयले कारबाही गर्ने बताएका हुन् ।
‘सामाजिक सञ्जालमा आएको उक्त भिडियो प्रहरी कार्यालयले संज्ञानमा लिएर संलग्न प्रहरी कर्मचारीमाथि कानुनी कारवाही शुरु गरिसकिएको जनाएको’ जारी सूचनामा उल्लेख छ ।
सो भिडियो सामाजिक सञ्जालमा ‘फेसबुक’ सार्वजनिक भएसँगै प्रयोग कर्ताहरुले प्रहरीको यस्तो कार्यप्रति आपत्ति जनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया