भारतको सरकारी अस्पतालमा डेढ महिनामा ७१ जना बालबालिकाको मृत्यु

भारत । भारतको उत्तर प्रदेश राज्यको नेपालको सीमावर्ती सहर बहराइचस्थित एक जिल्ला सरकारी अस्पतालमा डेढ महिनाको अवधिमा कम्तीमा ७१ जना बालबालिकाको मृत्यु भएको छ । 

अस्पतालका मेडिकल प्रमुख डीके सिंहले बालबालिकाको मृत्यु भएको पुष्टी गर्दै भने, “ठूलो संख्यामा बालबालिका उपचारका लागि अस्पतालमा भर्ना भएका हुन् र विभिन्न रोगका कारण उनीहरुको मृत्यु भएको हो ।” 

सीमित स्रोतसाधनका कारण अस्पतालले ठूलो समस्या झेल्नु परेको पनि उनले बताए । “हामीसँग अहिले २ सय शैया छ, तर ४ सय ५० भन्दा बढी बिरामी अहिल्यै भर्ना भएका छन् । कार्यबोझ धेरै ठूलो छ । हामीले जतिसक्दो प्रयत्न गरेका छौं ।” 

गत वर्ष पनि बहराइच नजिकको बाबा राघव दास 'बीआरडी' मेडिकल कलेजमा ६० जनाभन्दा बढी शिशुको उपचारकै क्रममा मृत्यु भएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?