काठमाडौं । थ्रि स्टार क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको लागि नयाँ टिमको घोषणा गरेको छ ।
फरवार्ड अनिल गुरुङ र रञ्जन विष्टलाई समावेश गर्दै थ्रीस्टार क्लबले शुक्रवार टिमको घोषणा गरेको हो । थ्रि स्टारले लिगको लागि अधिकांश राष्ट्रिय टिमका खेलाडीलाई समावेश गरेको छ ।
थ्रीस्टारको टिममा मिडफिल्डर बिक्रम लामा सहित, निराजन खड्का, सुनिल वल, रुपेश केसी , दिपेश घले, मिसन लामा, शुशिल राई, मिक्छेन तामाङ र दिपसन राउत रहेका छन् ।
त्यस्तै, फरर्वामा अनिल गुरुङ, रन्जन विष्ट, बुद्ध लामा, सुसन श्रेष्ठ, अजायी मार्टिन र जेनिस प्रजापती छन् । यता, डिफेन्डरमा अनन्त तामाङ, रजिन धिमाल, शोक खवास, जिवन गुरुङ विजय धिमाल, विष्णु सुनुवार र अर पिटर सेगुन छन् ।
गोलकिपरमा एलेन न्यौपाने, पुर्ण चेम्जोङ र अभिषेक बराल छन् । पाँच वर्षपछि पहिलो पटक सञ्चालन हुन लागेको ‘ए’ डिभिजन लिग यहि असोज १३ गतेबाट शुरु हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया