इंग्ल्याण्डका पूर्व खेलाडी डेभिड बेकह्यामको लोभ लाग्दो जीवनी : “सफलताको जस मेरी श्रीमतीलाई”

काठमाडौं । 

‘पाइला तिमी अघि बढाउ, म पाइलै पिच्छे साथ दिन्छु
सक्दो खुशी टिपी तिम्रो पोल्टोमा भरिदिन्छु’ 

यो गितले कुनै बेला नेपाली सांगितिक बजार तताएको थियो । गायिका शशी रावलद्वारा स्वरबद्ध यो गितको शब्द इंग्ल्याण्डका पूर्व खेलाडी डेभिड बेकह्यामको जीवनसँग ठ्याक्कै मेल खान पुगेको छ । 

बेकह्यामले फुटबल जगतमा जति सफलता प्राप्त गरेका छन् त्यसमा उनको जीवन संगिनीको सबैभन्दा ठूलो हात छ । 

बेकह्यामले फुटबल जगतमा जति सफलता प्राप्त गरेका छन् त्यसमा उनको जीवन संगिनीको सबैभन्दा ठूलो हात छ । 

‘दी स्पाइस गल्स’ ब्याण्डकी चर्चित गायिका भिक्टोरिया क्यारोलिन एडम्स बेकह्यामलाई खेलकुदमा लाग्न निरन्तर प्रेरित गरिरहेकी छिन् । वैवाहिक सम्बन्धमा बाँधिएको १९ वर्ष बितिसक्दा पनि उनिहरु दुवैबीच माया प्रेम र सद्भाव गाढा छ । १८ वर्षको उमेरदेखि राष्ट्रिय टिमबाट फुटबल खेल्न शुरु गरेका बेकह्याम अहिले फुटबल क्लबको मालिक बनिसकेका छन् । तीन दशक नाघिसक्यो उनले फुटबल क्षेत्रमा लागेको तर, अहिलेमात्र उनले अमेरिकामा व्यवसायिक फुटबल क्लब ‘एमएलएस’ अर्थात इन्टर मायाली नामाकरण गरिएको क्लबको शुरुवात गरेका छन् । 

बेकह्याम र भिक्टोरिया विश्व बजारमा जति चर्चित छन् त्यति नै व्यवहारिक पनि । सन् १९९९ जुलाई ४ तारिखमा उनीहरु विवाह बन्धनमा बाँधिएका थिए । बेकह्याम खेलकुद क्षेत्र र भिक्टोरिया सांगितिक क्षेत्रका चर्चित व्यक्तिहरु हुन् । बेकह्याम र भिक्टोरियाको जोडीलाई हालसम्मकै सफल जोडीको रुपमा चिनिन्छन् । ४४ औँ वसन्तमा हिडिरहेका दुवैको अहिले तीन छोरा र एक छोरी छन् । 

‘जीवन दुई दिनको घामछाया भन्छन्’, तर बेकह्याम र भिक्टोरिया यो कुरा मान्न तयार छैनन् । उनीहरुले आफ्नो सुन्दर र सुखी परिवार त बनाइसकेका छन् । त्यसका साथ—साथै, सामाजिक कार्यलाई पनि निरन्तरता दिइरहेका छन् । 

को हुन् डेभिड बेकह्याम ?

सन् १९७५ मे २ तारिखमा लण्डनको लेटनस्टोनमा जन्मिएका डेभिडको पुरा नाम ‘डेभिड रोबर्ट जोसेप बेकह्याम’ हो । बाल्यकालदेखि नै फुटबलप्रति मोह भएका उनले फुटबलमा स्थापित भएरै छाडे । १० वर्षको कलिलै उमेरदेखि फुटबल खेल्न थालेका उनले रिर्जवे रोभर्सबाट खेल खेलेका थिए । बेकह्यामले सानै उमेरमा टोट्नह्याम, ब्रिम्सडाउन रोभर्सबाट पनि फुटबल खेले । इंग्लिस प्रिमियर लिगको चर्चित क्लब म्यान्चेस्टर युनाइटेडमा आवद्ध हुँदा उनी मात्र १८ वर्षको थिए । ‘हुने विरुवाको चिल्लो पात भनेझै’ बेकह्यामले सन् १९९६ मा राष्ट्रिय टिममा डेब्यु गरे । १३ वर्षसम्म सिनियर राष्ट्रिय टिमबाट खेल खेलका उनले सन् २००९ मा राष्ट्रिय टिमबाट सन्यास लिएका थिए । उनले राष्ट्रिय टिमबाट कुल १ सय १५ खेल खेल्दै १७ गोल गरेका थिए । 

त्यस्तै, उनी क्लब फुटबलमा पनि त्यतिकै सफल खेलाडी हुन् । हाल पनि उनको खेल कौशलबाटै प्रभावित भएर फुटबलमा लाग्ने हजारौँ खेलाडीहरु छन् । त्यसमध्ये केहीले विश्वकप फुटबल पनि खेलिसकेका छन् । 

सन् १९९२ देखि २००३ सम्म म्यान्चेस्टर युनाइटेडबाट व्यवसायिक फुटबल खेलेका बेकह्याम १९९४ मा लोनमा प्रिसटोन नर्थ इन्ट क्लबमा आवद्ध भए । एक वर्ष त्यहि क्लबमा बिताएका उनी सन् २००३ मा स्पेनिस क्लब रियल म्याड्रिडमा आवद्ध भए । म्याड्रिडमा ४ वर्ष बिताएका बेकह्यामले कुल १ सय १६ खेल खेल्दै १३ गोल गरेका थिए । 

म्याड्रिडसँगको सम्झौता सकिएपछि उनले अमेरिकाको एल ए ग्यालेक्सी क्लब हुँदै मिलान र फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट खेल खेले । अहिलेसम्म बेकह्यामले क्लब खेल जीवनमा ५ सय २३ खेल खेल्दै ९७ गोल गरिसकेका छन् । बेकह्यामले फुटबल मात्र खेलेनन् विश्वभरमा उत्पादित विभिन्न निजी कम्पनीको विज्ञापन समेत मोडलको रुपमा काम गरे । पहिले खेलाडीलाई त्यति व्यवसायिक निजी क्षेत्रको विज्ञापन खेलाउने चलन थिएन । चलचित्रका नायक—नायिका र मोडलहरुलाई मात्र दिइने चलन थियो । तर, बेकह्यामले त्यो सबै भ्रमलाई तोड्दै व्यवसायिक रुपमा विभिन्न कम्पनीको विज्ञापनमा समेत खेले । त्यस पश्चात् बेकह्यामले नै खेलाडीहरुलाई पनि विज्ञापनमा खेलाउने ट्रेन ल्याएको भन्दा फरक नपर्ला । 

यसरी भएको थियो डेभिड र भिक्टोरियाको विवाह 

डेभिड बेकह्याम र भिक्टोरियाको भेट एक निजी कम्पनीसँगको सम्झौता हस्ताक्षर कार्यक्रम भएको थियो । ‘एडिडास’सँगको सम्झौता हस्ताक्षर कार्यक्रममा पहिलो पटक बेकह्यामले ‘दी स्पाई गल्स’ ब्याण्डकी ‘पोस स्पाइस’ नामले परिचित भिक्टोरियालाई भेटेका थिए ।

डेभिड बेकह्याम र भिक्टोरियाको भेट एक निजी कम्पनीसँगको सम्झौता हस्ताक्षर कार्यक्रम भएको थियो । ‘एडिडास’सँगको सम्झौता हस्ताक्षर कार्यक्रममा पहिलो पटक बेकह्यामले ‘दी स्पाई गल्स’ ब्याण्डकी ‘पोस स्पाइस’ नामले परिचित भिक्टोरियालाई भेटेका थिए ।

उनीहरुको बोलचाल त्यहि कार्यक्रम मार्फत शुरु भएको बताइएको छ । ‘त्यसपश्चात कति चाँडै प्रेममा परीयो थाहै छैन ।’ बेकह्यामले एक अन्तर्वाताका क्रममा भनेका थिए । त्यो  प्रेमलाई उनीहरु दुवैले चाडैँ नै विवाहमा परिणत गरे ।

उनीहरुले ८ लाख मिलिनय डलरमा आयरल्याण्डमा भव्य विवाह गरेका थिए । विवाह गरेको एक वर्ष पनि नबित्दै बेकह्याम र भिक्टोरियालाई पहिलो पुत्रलाभ भयो । १९ औँ बसन्तमा हिडिरहेका ब्रोकलिन जोसेफ बेकह्यामपछि रोमियो, क्रुज बेकह्याम छोराहरु जन्मिए । उनी दुवैको चाहाना थियो, एउटा सुन्दर छोरी जन्माउने । 

उनीहरुले ८ लाख मिलिनय डलरमा आयरल्याण्डमा भव्य विवाह गरेका थिए ।

अन्तिममा बेकह्याम परिवारमा पुत्रीलाभ भयो । हार्पेरको जन्मसँगै बेकह्याम परिवारमा खुशीयाली छाएको थियो । हालद बेकह्याम परिवार संयुक्त राज्य अमेरिकाको लस एन्जल्समा बसोबास गर्दै आइरहेका छन् । 

बेकह्यामको सन्यास 

सन् २०१३ मे १६ तारिखमा डेभिड बेकह्यामले फुटबल खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका थिए । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ले फेन्च लिगको उपाधि जितसँगै उनले २१ वर्षेको खेल जीवनबाट सन्यास लिए ।

३८ वर्षको उमेरमा फुटबलबाट सन्यास लिए पनि बेकह्याम फुटबलबाट भाग्न टाढा जान सकेनन् । सन्यासपछि बेकह्यामले सामाजिक कार्यका साथै फुटबललाई पनि निरन्तरता दिए ।  

“आज म यो स्थानसम्म आउनु मेरो लागि सौभाग्यको कुरा हो, म यो स्थानसम्म आउन मेरो परिवार र विशेष गरि मेरो श्रीमतीको ठूलो हात छ, आमाबाबुको बलिदानको लागि आभारी हुँ, जसले मलाई मेरो सपनाहरु पूरा गरिदिनु भयो’’, उनले बताए । 

“म सबै कुरा भिक्टोरिया र मेरो बच्चाहरूलाई ओभर दिनेछु, जसले मलाई धेरै लामो समयसम्म उच्चतम स्तर खेल्ने प्रेरणा र समर्थन दिएको छ’’ बेकह्यामले भने । 

विश्व फुटबल जगतमा बेकह्याम र भिक्टोरियाले सफल जोडीको उपमा पाएका छन् । तर, बाहिरबाट हेर्दा जति सफल र सुखी बेकह्याम परिवार देखिन्छ, त्यति नै उनीहरुले परिवार प्रतिको जिम्मेवारी र महत्वलाई पहिलो प्राथमिकतामा राख्दै आएका छन् । अहिले विश्वमा बेकह्याम जोडीको जीवनशैलीलाई पच्छ्याउनेको जमात पनि बढ्दो छ । त्यसैले सफल र सुखी परिवार निर्माणको लागि तपाई पनि लागि पर्ने हो की !

सन् २०१३ मे १६ तारिखमा डेभिड बेकह्यामले फुटबल खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका थिए ।

सन् २०१३ मे १६ तारिखमा डेभिड बेकह्यामले फुटबल खेल जीवनबाट सन्यास लिएको घोषणा गरेका थिए । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन ‘पिएसजी’ले फेन्च लिगको उपाधि जितसँगै उनले २१ वर्षेको खेल जीवनबाट सन्यास लिए । ३८ वर्षको उमेरमा फुटबलबाट सन्यास लिए पनि बेकह्याम फुटबलबाट भाग्न टाढा जान सकेनन् । सन्यासपछि बेकह्यामले सामाजिक कार्यका साथै फुटबललाई पनि निरन्तरता दिए ।  

“आज म यो स्थानसम्म आउनु मेरो लागि सौभाग्यको कुरा हो, म यो स्थानसम्म आउन मेरो परिवार र विशेष गरि मेरो श्रीमतीको ठूलो हात छ, आमाबाबुको बलिदानको लागि आभारी हुँ, जसले मलाई मेरो सपनाहरु पूरा गरिदिनु भयो’’, उनले बताए । 

“म सबै कुरा भिक्टोरिया र मेरो बच्चाहरूलाई ओभर दिनेछु, जसले मलाई धेरै लामो समयसम्म उच्चतम स्तर खेल्ने प्रेरणा र समर्थन दिएको छ’’ बेकह्यामले भने । 

बाहिरबाट हेर्दा जति सफल र सुखी बेकह्याम परिवार देखिन्छ, त्यति नै उनीहरुले परिवार प्रतिको जिम्मेवारी र महत्वलाई पहिलो प्राथमिकतामा राख्दै आएका छन् । अहिले विश्वमा बेकह्याम जोडीको जीवनशैलीलाई पच्छ्याउनेको जमात पनि बढ्दो छ ।

विश्व फुटबल जगतमा बेकह्याम र भिक्टोरियाले सफल जोडीको उपमा पाएका छन् । तर, बाहिरबाट हेर्दा जति सफल र सुखी बेकह्याम परिवार देखिन्छ, त्यति नै उनीहरुले परिवार प्रतिको जिम्मेवारी र महत्वलाई पहिलो प्राथमिकतामा राख्दै आएका छन् । अहिले विश्वमा बेकह्याम जोडीको जीवनशैलीलाई पच्छ्याउनेको जमात पनि बढ्दो छ । त्यसैले सफल र सुखी परिवार निर्माणको लागि तपाई पनि लागि पर्ने हो की !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?