कम्पनी मोडलमा बन्न लागेको बहुचर्चित माथिल्लो अरूणको शेयर सर्वसाधारणले पनि पाउने

काठमाडाैं : कम्पनी मोडलमा बनाउन लागिएको माथिल्लो अरूण (७२५ मेगावाट) को शेयरमा सर्वसाधारण नागरिकले समेत लगानी गर्न पाउने भएका छन् । 

शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले नेपाल विधुत प्राधिकरणको सहायक कम्पनीका रूपमा अपर अरूण जलविधुत लिमिटेड कम्पनीमार्फत यो अायोजना अघि बढाउने निर्णय गरेको छ । 

यसअघि यो अायोजनालार्इ नेपाल विधुत प्राधिकरणकै स्वामित्वमाा रहने गरि अघि बढाउन खोजिएको थियो । तर यो निर्णयका कारण अायोजना अघि बढाउन विभिन्न व्यवस्थापकीय र अन्य समस्या देखिएको थियो ।

मन्त्रीपरिषद्ले शुक्रबार गरेको निर्णयसँगै अब यो अायोजना कम्पनी मोडलमा बनाउन सरकारले तदारूकता देखाएको छ । कम्पनी मोडलमा अायोजना अघि बढाए विश्व बैंकले समेत अायोजना विकासमा लगानी गर्ने जनाएको छ । कम्पनी मोडलमा अायोजना अघि बढाउँदा सर्वसाधारण लगानीकर्ताले पनि शेयरमा लगानी गर्ने माैका पाउनेछन् । 

२७ बर्ष अघि यो अायोजनाका लागि अरूण नदीमा गरिएको सम्भाव्यता अध्ययनले ३३५ मेगावाट विधुत उत्पादन गर्न सकिने अनुमान गरिएको थियो । तर हाल नेपाल विधुत प्राधिकरणले गरिरहेको विस्तृत अध्ययनमाा प्रस्तावित अायोज्नाबाट ७२५ मेगावाट विधुत उत्पादन गर्न सक्ने देखिएको छ । 

अपर अरूण अायोजनाबाट बार्षिक ४ अर्ब ४१ करोड ४० लाख युनिट उर्जा उत्पादन हुने प्राधिकरणले जानकारी दिएको छ । हिउँदयाममा १ अर्ब ४४ करोढ ८० लाख र बर्खायाममा २ अर्ब ९६ करोड ६० लाख युनिट उर्जा उत्पादन हुने प्राधिकरणले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?