पूँजीबजारमा ३ अर्ब ४५ करोड रूपैयाँभन्दा बढिको हकप्रद शेयर अाउँदै

काठमाडाैं : नेपाली पूँजीबजारमा विभिन्न ७ कम्पनीले ३ अर्ब ४५ करोड ९ लाख २ हजार ४८१ रूपैयाँ बराबरको हकप्रद शेयर थप्ने भएका छन् । 

बिमा, लघुवित्त, जलविधुत र अन्य समूहका गरि ७ कम्पनीले अाफ्ना शेयरधनीका लागि हकप्रद शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

२०७४ सालदेखि नै हकप्रदका लागि अावेदन दिएका अपी पावर र श्रीराम सुगर मिल्सले अझैसम्म यो अनुमति पाएका छैनन् । यी कम्पनीले अावश्यक प्रकृया पुरा नगर्दा नियामक बोर्डले हकप्रद निष्काशनको अनुमति दिएको छैन ।

हकप्रद शेयर निष्काशनका लागि निवेदन दिएका कम्पनीहरू :

कम्पनीको नाम अनुपात कित्ता
श्रीराम सुगर मिल्स १:३ ८९,०३,९४९.८१
बरूण जलविधुत कम्पनी १:१ २५,५१,५००
माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था २:१ ३,००,०००
एभरेष्ट र्इन्सुरेन्स (प्रमोटर) १:१.०५ १४,०३,३२५
किसान मार्इक्रोफार्इनान्स २:१ २,४०,२५०
अपी पावर कम्पनी १:२ २,१०,००,०००
उन्नती मार्इक्रोफार्इनान्स ५:१ १,१०,०००
जम्मा ३,४५,०९,०२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?