काठमाडाैं : रूपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले अाफ्ना शेयरधनीलार्इ प्रत्येक कित्तामा ५०% का दरले हकप्रद शेयर दिने भएको छ ।
यो संस्थाको विशेष साधारणसभाले एक कित्ताभन्दा कम शेयर हुन अाउने अंकलार्इ पनि एककित्ताकै दरले दिनेगरि प्रस्ताव पारित गरेको छ ।
साधारणसभाले कम्पनीको पूँजी संरचनामा परिवर्तन गर्ने र शेयरधनी समूहको अाधारमा हकप्रद शेयर भर्न दिने प्रस्तावलार्इ पनि स्वीकृत गरेको छ ।
हकप्रद निष्काशनपछि यो लघुवित्तको चुक्ता पूँजी ९८ करोड २५ लाख रूपैयाँ पुग्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया