भन्सार छल्नेलार्इ दोब्बर जरिवाना : अर्थमन्त्री

काठमाडाैं : अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सार छलेर चोरीका सामान भित्र्याउने र अवैध कारोबार गर्ने व्यापारीमाथि कडा कारबाही गरिने चेतावनी दिएका छन् । 

नेपाल खुद्रा व्यापार संघको ३९ अाैं बार्षिक साधारणसभामा पुगेका अर्थमन्त्री खतिवडाले यस्ता अवैध कारोबार गर्ने व्यापारीले साविकको सजायभन्दा दोब्बरसम्म जरिवाना तिर्नुपर्ने बताएका हुन् । 

चोरी गरि ल्यार्इएका कुनै पनि सामान बिक्री गरे सरकारले त्यस्ता व्यापारीलार्इ कडा कारबाही गर्न बाध्य हुने खतिवडाको भनार्इ थियो । 

विगतमा राजनीतिक संरक्षणका कारण भन्सारमा कर छली हुने गरेको, तर अब त्यस्तो नहुने अर्थमन्त्रीले दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?