काठमाडाैं : स्वदेशी लघुवित्त वित्तीय संस्थाले अाफ्ना शेयरधनीका लागि असोज २३ गतेदेखि शतप्रतिशत हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ ।
शेयरधनीसँग अाफ्नो संस्थाको जति शेयर छ, उति नै शेयर दिनेगरि यो मार्इक्रोफार्इनान्सले ११ लाख ५० हजार कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो ।
प्राथमिक मूल्य (१०० रूपैयाँ) तिरेर शेयरधनीहरूले कात्तिक २६ गतेसम्म यो लघुवित्तको शेयर भर्न सक्नेछन् । भदाै २४ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।
बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल थापाथली काठमाडौं तथा स्वदेशीको सम्पूर्ण शाखाबाट हकप्रद शेयरका लागि अावेदन दिन सकिनेछ । सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिने बिक्री प्रबन्धकले व्यवस्था गरेको छ ।
हकप्रद बिक्रीलगत्तै यो लघुवित्तले अाफ्ना शेयरधनीलार्इ १०% नगद लाभांश र कर प्रयोजनका लागि अावश्यक रकमसमेत दिने निर्णय गरेको छ ।
हाल ११ करोड ५० लाख रूपैयाँ चुक्तापूँजी रहेको स्वदेशीले हकप्रद बिक्रीपछि यसको अाकार २३ करोड रूपैयाँ बराबर कायम गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया