काठमाडौं । छैठौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स) बिहीवारदेखि काठमाडौंमा शुरु भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा शुरु भएको ‘फर्नेक्स’ एक्स्यो पाँच दिनसम्म चल्ने छ ।
नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा गत बिहीवारदेखि शुरु भएको ‘एक्स्पो’को नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उद्घाटनका गरेका थिए ।
पाँच दिनसम्म चल्ने ‘एक्स्पो’मा नेपाली तथा अन्तर्राष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी भइरहेको छ ।
नजिकिदै गरेको चाडपर्वलाई मध्य नजर गर्दै स्टक क्लियरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरु बिक्री वितरण हुने बताइएको छ । एक्स्पोमा एक सय भन्दा बढी स्टलहरु रहेका छन् ।
मुलुकलाई फर्निचरजन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गईरहेको कच्चापदार्थको सदुपयोग गर्न सरकारले वातावरण निमार्ण गरिदिनु पर्ने नेपाल फर्निचर तथा फर्निचिर व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले बताए ।
तस्वीर : सरोज घिमिरे
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया