दशैँलाई लक्षित गर्दै राष्ट्र बैंकले बैंकहरुलाई नयाँ नोट वितरण गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँका लागि बैंकहरुलाई नयाँ नोट वितरण गर्ने भएको छ । 

आगामी असोज १२ गतेदेखि बैंकहरुलाई राष्ट्र बैंकले दशैँका लागि नयाँ नोट वितरण गर्ने भएको हो ।  

राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले यस वर्षको दशैँमा नयाँ नोट वितरणको काम विगतको भन्दा सहज बनाउन आगामी असोज १२ गतेदेखि बैंकहरुलाई वितरण गर्न लागेको बताए । तर, सर्वसाधारणलाई भने कहिलेदेखि नयाँ नोट दिने टुंगो नलागेको उनले बताए । 

यस विषयमा छलफल भइरहेको र छिट्टै निर्णय हुने प्रवक्ता पौडेलले जानकारी दिए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?