‘एएफसी’ यू-१६ च्याम्पियनसिपमा नेपालले मलेसियासँग बराबरी खेल्यो

काठमाडौं ।  ‘एएफसी’ यू-१६ महिला च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले मलेसियालाई बराबरीमा रोकेको छ । 

हल्चोकस्थित शसस्त्र प्रहरीको मैदानमा आइतवार भएको अन्तिम खेलमा नेपाल र मलेसियाबीचको खेल ४-४ गोलको बराबरी सकिएको हो । नेपालका लागि कप्तान प्रिती राई, सुस्मा तामाङ र सबिता रानामगरले समान एक-एक गोल गर्न सफल भए । एक गोल भने नेपालले उपहार पाएको थियो । 

यता मलेसियाका लागि हेल्मा इम्लीले २ तथा नरुल नबिलाले एक गोल गरिन्   ।

यो सँगै छनोटको समूह ‘ई’ मा रहेको नेपालले १ अंक बनाउँदै प्रतियोगिता सकाएको छ । मलेसियाले पनि अन्तिम खेलमा आएर १ अंक जोडेको छ ।

यसअघि भएको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग ४-० गोलले तथा दोस्रो खेलमा म्यानमारसँग ११-१ ले पराजित भएको थियो । 
यस समूहबाट म्यान्मार विजेता तथा फिलीपिन्स उपविजेता बनेको थियो । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?