काठमाडौं । उपन्यासकार सलमान रुस्दीको हत्या आरोपितका बाबुले कसैसँग बोल्न अस्वीकार गरिरहेका छन् । आरोपितका बुबाले दक्षिणी लेबनानमा आफ्नो घरमा आफूलाई थुनेर राखेका उक्त सहरका मेयर अली तेहफेले आइतबार जानकारी दिए ।
न्यूयोर्क राज्यमा शुक्रबार भएको आक्रमणका संदिग्ध न्यु जर्सीका २४ वर्षीय हादी मटर भएको प्रहरीले जनाएको छ । उनले अपराध स्वीकार गरेका छैनन् । मटरको परिवार दक्षिणी लेबनानी सहर यारोका हुन् । उनका अभिभावक अमेरिका बसाइँ सरेको र मटरलाई त्यहाँ जन्म दिने र हुर्काएको बताए । धेरै नै वर्षअघि उनका बाबु भने लेबनानमा नै फर्किएका थिए ।
‘मटरका बुबा अहिले लेबनानमा छन् । उनी भित्रबाट ढोका लगाएर बसेका छन् । कसैलाई कुनै पनि प्रकारको बयान दिन अस्वीकार गरेका छन्’, मेयर तेहफेले भने, ‘हामीले उनीसँग धेरै प्रयास गर्यौँ । हामीले मानिसहरू पठायौँ, ढोका ढक ढक गर्यौँ । तर, उनी बोल्न मानेनन् ।’
एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया