राष्ट्र बैंकले दोस्रो थोक मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक ग-यो

काठमाडाैं : नेपालीको उपभोग शैलीमा परिवर्तन अाएको र अार्थिक क्रियाकलाप बढेको निष्कर्षसहित नेपाल राष्ट्र बैंकले 'दोस्रो थोक मूल्य सर्वेक्षण प्रतिवेदन' सार्वजनिक गरेको छ । 

अार्थिक बर्ष २०७४/७५ लार्इ अाधार बर्ष मानेर संयुक्त राष्ट्रसंघले अाधार मानेको मोडेलअनुसार हाल नेपालमा थोक मूल्य सर्वेक्षण गरिएको केन्द्रीय बैंकका गर्भनर डा. चिरञ्जिवी नेपालले बताए । 

यो सर्वेक्षणका लागि राष्ट्र बैंकले विभिन्न १२ सय ११ वस्तुलार्इ ५२ समूहमा वर्गीकरण गरेको र गत अार्थिक बर्षको १२ महिनाको मूल्य संकलन गरेको बैंकका कार्यकारी निर्देशन नरबहादुर थापाले जानकारी दिए । 

स्थानीय शिक्षकहरूको सहयोगमा केन्द्रीय बैंकले अावश्यक तथ्यांक संकलन गरेको थियो । सर्वेक्षणमा नयाँ विधी प्रयोग भएकाले शंका नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?